भोलि बिहानसम्म उपत्यकामा भीषण वर्षाको सम्भावना, संकट टरिसकेको छैन
विपद्विद् धर्मराज उप्रेतीले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सुरक्षित ठाँउमा सार्न सुझाव दिएका छन्।
१८ असोज, काठमाडौं । मौसमविद्हरूले आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागमा थप भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले काठमाडौं उपत्यकामा शनिबार रातीदेखि अति भारी वर्षाको सम्भावना रहेको खुलाएका छन्।
विपद्विद् धर्मराज उप्रेतीले बाढी र डुबानको जोखिममा रहेका बासिन्दालाई सुरक्षित ठाँउमा सार्न सुझाव दिएका छन्।