प्रधानमन्त्री कार्कीले ओलीले प्रयोग गरेका सोसल अकाउन्ट प्रयोग गर्न मानिनन्
प्रधानमन्त्री कार्यालयका अधिकारीहरुका अनुसार कार्कीले नयाँ फेसबुक, एक्स र इन्सटाग्राम अकाउन्ट खोल्ने निर्णय गरेकी छन्।
२० असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको सामाजिक सञ्जालको पुरानो अकाउन्ट नचलाउने बताएकी छन्।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरुका अनुसार कार्कीले नयाँ फेसबुक, एक्स र इन्सटाग्राम अकाउन्ट खोल्ने निर्णय गरेकी छन्।
सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । र, प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिन्छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ ।
तर जेनजी युवा विद्रोहबाट सत्तामा आएकी सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग गरिनन् । उनले फेसबुक, एक्स (ट्वीटर) र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् ।
ओलीको सचिवालयले एक्स अकाउन्ट मात्र हस्तान्तरण गरेको छ भने फेसबुक र इन्स्टाग्राम अकाउन्ट नयाँ खोलिएको छ।