सरकारले सिमेन्ट उत्पादकसँग माग्यो मूल्यसूची

निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको


२४ मंसिर, काठमाडौं । सरकारले सिमेन्ट उत्पादकसँग मूल्यसूची मागेको छ ।

विभागका महानिर्देशक राजन पौडेलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको जानकारी दिए ।

उनले भने, ‘मूल्य बढ्नुपर्ने आधारसहित सात दिनभित्र मूल्यसूची बुझाउन निर्देशन दिएका छौं, त्यसका आधारमा हामी निर्णयमा पुग्छौं ।’

व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए । विभागले सोहीकारण मूल्य तुलना गर्न चाहेको उनको भनाइ छ ।

निर्माण व्यवसायीले भने निर्माणको सिजनमै सिमेन्टको मूल्य प्रतिबोरा २ सय रुपैयाँसम्म बढेको र त्यसमा पनि ‘कार्टेलिङ’ भएको भन्दै उद्योग मन्त्रालय र विभागमा निवेदन दिएका थिए । विभागले त्यसपछि उनीहरूलाई छलफलमा बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *