बालेन र सुदनविरुद्ध जाहरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’ उनले भने ।

२१ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताए ।

‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’ उनले भने ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *