कांग्रेस पदाधिकारी बैठकमा देउवा सहभागी नहुने
कांग्रेसभित्र अब सभापतिले देउवाले के गर्छन् ? कस्तो निर्णय लेलान् भन्ने चर्चाबीच देउवाले बैठक बोलाएका हुन्।
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको हो। भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो।
भदौ २४ को जेन–जी आन्दोलनकारीको आक्रमणपछि देउवा दम्पत्ती नै गम्भीर घाइते भएर करिब एक महिनादेखि उपचाररत थिए। अहिले दुवैजना अस्पतालबाट डिस्चार्ज भएर ललितपुरमा बसोबास गरिरहेका छन्।
जेनजी आन्दोलनपछि देउवा पार्टीको बैठकमा सहभागी भएका छैनन् । यसअघि उनले पार्टीका केही नेताहरुसँग भर्चुअल बैठक भने गरेको नेताहरु बताउँछन् ।
कांग्रेसभित्र अब सभापतिले देउवाले के गर्छन् ? कस्तो निर्णय लेलान् भन्ने चर्चाबीच देउवाले बैठक बोलाएका हुन्। कांग्रेसको नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने अवस्था छ। कि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको कुरा पनि नेताहरुले उठाइरहेका छन्। महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनको विकल्प पनि राखेका छन्।