मधेशमा नयाँ समीकरण : कांग्रेस, एमाले सरकार बाहिर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार बनाउन साना दल एकजुट भएका हुन् ।

जनकपुरधाम : मधेश सरकारको लागि जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा सरकार गठनको दाबी पेश गरेको छ । ५ दल सम्मिलित सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो ।

नेपाली काँग्रेस र नेकपा एमाले बाहेकको सरकार बनाउन दलहरु एकजुट भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको नेतृत्वमा सरकार बनाउन साना दल एकजुट भएका हुन् ।

लोसपा नेतृत्वको सरकार, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सम्मिलित सरकार बन्ने भएको हो । यसअघि नेपाली काँग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी सम्मिलित सरकार गठनको दाबी पेश गरिएपनि अहिले समीकरण टुटेर नयाँ समीकरण तयार भएको छ ।

मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेको छ । मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले  मधेश प्रदेशसभामा आफ्नो धारणा राख्दै मंगलबार राजीनामा दिएका थिए । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । लोसपाको नेतृत्वमा सरकार बनाउन पाँच दल सहमत भएसँगै जीतेन्द्र सोनल दावी पेश गर्न जाँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *