अघिल्लो सरकारको पालामा नियुक्त राजदूत फिर्ता बोलाउने तयारी

केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।

३० असोज, काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ ।

त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद्‌ बैठकबाट गर्ने तयारी छ । मन्त्रिपरिषद्‌को बैठक अहिले जारी छ ।

सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रुसका लागि जंगबहादुर चौहान लगायत छन् ।

यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो ।

केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *