एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ ।

३१ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा ७ हजार १ सय रुपैयाँ बढी हो।

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँले बढेको छ, भदौ ३० गते २ लाख १५ हजार रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि सुन र चाँदीको मूल्य बढिरहेको छ।

त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *