चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ। 

चितवन : गौरबाट काठमाडौंतर्फ आइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा ३३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ। घाइते सबैको अवस्था सामान्य छ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *