एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ। शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका सबै वडामा यही कात्तिक २२ गते जनभेला आयोजना हुनेछ ।
त्यस्तै, देशभरका पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ज्ञवालीले दिएको जानकारी अनुसार, कात्तिक २९ गते जनसभा आयोजना गर्ने पनि निर्णय भएको छ ।
पार्टीको जनपरिचालन गर्ने नीति अनुसार यी कार्यक्रमहरू तय भएको उनले बताए ।