जनार्दन शर्माले घोषणा गरे प्रगतिशील अभियान नेपाल

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे।

काठमाडौं : जनार्दन शर्माले नेकपा माओवादी केन्द्रबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गरेर नेता शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका हुन्।

पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दाबी गरे।

‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौं’ पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *