प्रहरीको ट्रयाक सुट लगाएर हिँड्दै गरेका युवक पक्राउ
प्रहरीका अनुसार उनको साथबाट कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार बरामद गरिएको छ।
काडमाडौं : जेनजी आन्दोलनमा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँडिरहेको अवस्थामा अछामको मल्लेक गाउँपालिका– ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १२ कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।