उत्तरी जापानको तटमा ६.७ म्याग्निच्युडको भूकम्प
त्यसपछि थप धेरै भूकम्पहरू गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। यस क्षेत्रका दुई आणविक ऊर्जा केन्द्रहरूमा भएको क्षतिको रिपोर्ट आएको छैन।
टोकियो : उत्तरी जापानको तटमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार आइतबार साँझ उत्तरी जापानमा भूकम्प गएको हो। जापानको समय अनुसार साँझ ५ बजेतिर इवाते प्रिफेक्चरको तटमा समुद्री सतहभन्दा १० किलोमिटर तल ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसपछि थप धेरै भूकम्पहरू गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। यस क्षेत्रका दुई आणविक ऊर्जा केन्द्रहरूमा भएको क्षतिको रिपोर्ट आएको छैन।
एजेन्सीले उत्तरी तटीय क्षेत्रमा १ मिटरसम्मको सुनामीको लागि चेतावनी जारी गरेको हो। सार्वजनिक प्रसारक एनएचकेले सुनामीको खतराको कारणले गर्दा मानिसहरूलाई तटीय क्षेत्रबाट टाढा रहन चेतावनी दिएको छ। एजेन्सीले यस क्षेत्रमा थप कम्पन आउन सक्ने जनाएको छ।