इस्लामाबादको अदालत बाहिर विष्फोट : कम्तिमा १२ जनाको मृत्यु, २७ घाइते

प्रहरीले विष्फोटको कारण अझैं खुलेको छैन।  विष्फोटपछि  अदालतबाट  न्यायाधीश, वकिल र सर्वसाधारणलाई बाहिर निकालिइएको थियो। 

काठमाडौं : पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विष्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले यस घटनामा १२ जनाको मृत्यु भएको र २७ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन्। विष्फोट  इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै भएको हो।

मोहसिन नकवीले भने, ‘दिउँसो १२:३९ बजे अदालतमा आत्मघाती हमला भयो। यो हमलाले ठूलो क्षति पुर्‍याएको छ, जसमा १२ जनाको मृत्यु भएको छ भने लगभग २७ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको छ।’

प्रहरीले विष्फोटको कारण अझैं खुलेको छैन।  विष्फोटपछि  अदालतबाट  न्यायाधीश, वकिल र सर्वसाधारणलाई बाहिर निकालिइएको थियो। प्रहरी र उद्धार टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन्।

समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरीले भन्यो, “विस्फोटको अनुसन्धान भइरहेको छ। यद्यपि, कारण अझै थाहा भएको छैन। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *