लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

रोहित र साद विन जफरको शतकीय साझेदारीमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो


२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मद्दतमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले रोहित र साद विन जफरको शतकीय साझेदारीमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।

रोहित र विन जफरले पाँचौ विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *