मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा

कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए


२५ मंसिर, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ।

व्यवसायी गुरुङबाट नेकपा एमालेको कार्यालय भवन बनाउन दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध रिट दायर गरेका थिए ।

लामो समयदेखि यो मुद्दाको पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

असोज २५ गते गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए।

प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *