श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको सूचना आएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

दाङ : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। आफ्नै श्रीमती २५ वर्षीया सिता सुनारको हत्या गरेको आरोपमा रोल्पाको परिवर्तन गाउँपालिका-१ घर भई घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने का २३ वर्षीय सन्जु सुनार पक्राउ परेका हुन्।

सन्जुले सितालाई सामान्य विवादका कारण हत्या गरेको सूचना आएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *