सिमरा दुई दिनदेखि अशान्त, राति ८ बजेसम्म कर्फ्यू

जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। 

बारा : जिल्ला प्रशासन कार्यालय बाराले आज पनि सिमरामा कर्फ्यू आदेश जारी गरेको छ। बाराको सिमरामा बुधबार नेकपा एमाले र जेनजी युवाबीच झडपपछि बुधबार र बिहीबार दिउँसो तनाबग्रस्त बनेको हो।

जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भएको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म दायाँबायाँ र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू जारी भएको हो।
null

Leave a Reply

Your email address will not be published. Required fields are marked *