गोरखामा चिनियाँ नागरिकमाथि खुकुरी प्रहार

टाउकोमा गम्भीर चोट लागेको उनलाई उपचारका लागि गोरखा अस्पताल पठाइएको उनले बताए। 

गोरखा : गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ। सहिदलखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि सोही विद्यालय निर्माणमा खटिएका एक स्थानीय कामदारले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्।

भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने काममा खटिएका सोही ठाउँ घर भएका मिलन आलेले लजिस्टिक इञ्चार्ज थोङमाथि आइतबार बेलुकी सवा ८ बजेतिर खुकुरी प्रहार गरेको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेको उनलाई उपचारका लागि गोरखा अस्पताल पठाइएको उनले बताए।

सोही समयमा रसुवा घर भएका अर्का एक जना कामदारलाई पनि आलेले आक्रमण गरेका छन्। उनको पनि ढाड, कान र गालामा चोट लागेको वडाध्यक्ष थापाले बताए। उनलाई पनि उपचारका लागि गोरखा अस्पताल पठाइएको छ।

घटनास्थलमा प्रहरी पुगिसकेको र फरार रहेका आक्रमणकारी आलेको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *