नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ

प्रारम्भिक अनुसन्धानमा शव बाहिरबाट ल्याएर फालिएको देखिए पनि मृतक महिलाको पहिचान भने अहिलेसम्म खुलेको छैन।

काठमाडौं- काठमाडौंको नयाँ बसपार्कमा मृत भेटिएकी महिलाको हत्या भएको तथ्य खुलेको छ। शनिबार गोंगबु नयाँ बसपार्कको पुलमुनि तन्नाभित्र पोको पारेर फालिएको अवस्थामा ती महिलाको शव फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानमा शव बाहिरबाट ल्याएर फालिएको देखिए पनि मृतक महिलाको पहिचान भने अहिलेसम्म खुलेको छैन। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उदयपुरका सूर्य मगरलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

घटनाको वास्तविक कारण, हत्या कसरी र कहिले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। यसबारे विस्तृत जानकारी सोमबार  प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *