भीरमा खसेकी बालिकाको प्रहरीले गर्‍यो सकुशल उद्धार

भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो ।

९ मंसिर, काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार जाने क्रममा खहरे खोलाको भीरबाट ५० मिटर तल खसेकी थिइन् ।

भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो ।

उद्धार गर्ने क्रममा एक प्रहरी जवानले बालिकालाई डोरीले सुरक्षित रूपमा बाँँधेर आफूसँगै बोकेका थिए । माथि बसेका अन्य प्रहरीले डोरीको सहायताले दुवैलाई तानेर माथि निकालेका थिए ।

बालिकाको सकुशल उद्धारपछि स्थानीयले प्रहरीलाई अंकमाल गर्दै धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *