गोरखामा रोकिरहेको ठाउँबाट गुड्दा बस दुर्घटना

आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

१४ मंसिर, काठमाडौं । गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो ।

रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *