भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार छाैं : प्रधानमन्त्री कार्की

उनले भ्रष्टाचारविरुद्ध र सुशासनका लागि काम गर्ने क्रममा कुनै पनि धम्की आए पनि आफू नडराउने बताएकी छन्।

काठमाडाैं-  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनाव मात्र नभएर सुशासन सुनिश्चित गर्न पनि बन्नेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध आवश्यक परे कठोरतम कदम चाल्न सरकार तयार रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले  भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन् ।

कार्कीले भनिन्,‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो । सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको छ, जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन, यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन् ।’

उनले भ्रष्टाचारविरुद्ध र सुशासनका लागि काम गर्ने क्रममा कुनै पनि धम्की आए पनि आफू नडराउने बताएकी छन्। ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *