लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै, आजै पोखरा लगिने
लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ
२६ मंसिर, काठमाडौं । सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ ।
मंगलबार वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।
केही बेरमा बुद्ध एयरबाट उनलाई काठमडौं ल्याएर पोखरा लगिनेछ ।
वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
प्रहरीले अब अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।