रवि रिहाइ प्रक्रिया पूरा गर्न गए काठमाडौंबाट रुपन्देही
रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंबाट रुपन्देही रिहाइ प्रक्रिया पूरा गर्न गएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा काठमाडौंमा जेलमा रहेका लामिछानेलाई उच्च अदालतले सशर्त रिहा गर्न आदेश दिएपछि उनी आज बिहान हवाईजहाजमार्फत् रुपन्देही गएका हुन् ।
रविसँगै रास्वपाका केही नेताहरु पनि रुपन्देही गएका छन् ।