भैरहवामा मौसम खराब हुँदा काठमाडौंमै अड्किए रवि लामिछाने
मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने थुनामुक्त प्रक्रियाका लागि भैरहवा आउन लाग्दा मौसम खराबीका कारण काठमाडौंमै रोकिन पुगेका छन् ।
उनलाई थुनामुक्तको प्रक्रियाका लागि नख्खु कारागारबाट शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका छन्।
तर,भैरहवामा मौसम खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा लामिछाने काठमाडौंमैं रोकिएका छन् । मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
‘बाक्लो हुस्सु लागेकोले विमानस्थल बन्द हुँदा आज यहाँबाट विमान उडान अवतरण भएको छैन,’उनले भने,’मौसममा सुधार भएपछि विमानस्थल खुल्ला हुन्छ । जसका लागि केही समय लाग्न सक्छ ।’
उनका अनुसार विमानस्थल खुल्ला गर्नका लागि १८०० सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जुन अहिले १२०० सय मिटर मात्र छ ।