देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री कार्कीको छलफल
प्रधानमन्त्री कार्कीले बिन्ती बिसाउँदै उनीहरूलाई भनेकी छिन्, ‘ यो निर्वाचन जसरी पनि सफल पारौं । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।’
१२ पुस, काठमाडौं । सरकारले आगामी फागुन २१ का लागि तय भएको चुनाव हुने कुरामा अब अलमलिनुपर्ने कुनै कारण रहेको बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले समसामयिक घटनाक्रम, फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनजस्ता विषयमा छलफल गर्न तीन शीर्ष नेतालाई बालुवाटार डाकेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री कार्कीले बिन्ती बिसाउँदै उनीहरूलाई भनेकी छिन्, ‘ यो निर्वाचन जसरी पनि सफल पारौं । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।’