रवि–बालेन सम्झौताप्रति सुदन गुरुङले के भने ?

हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं।जय देश।'

काठमाडौं : सुदन गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौतामा टिप्पणी गरेका छन्। रवि र बालेनबीच सम्झौता पछि अब रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा ध्यान दिनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिनसक्छ।हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौं।जय देश।’

आइतबार बिहान रास्वपा सभापति रवि र र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *