श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : हर्क साम्पाङ
सामाजिक सञ्जालमार्फत उनले भने, 'श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन' र मिसावटको राजनीति नगर्ने बताए।
१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भने, ‘श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन’ र मिसावटको राजनीति नगर्ने बताए।
उनले पार्टीले देशको स्वदेशी विचार र मौलिक पनको राजनीति गर्ने उल्लेख गर्दै कार्यकर्ता र शुभेच्छुकलाई भ्रम नपर्न आग्रह गरे।