स्रोत नखुलेको ४७ लाख रकमसहित मोरङबाट एक महिला पक्राउ

उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो


२६ मंसिर, काठमाडौं । मोरङबाट स्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाल छिन् ।

उनले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अग्रवाललाई घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *