एमाले मुख्यालय च्यासल परिसरमा भेटियो पेस्तोल

प्रवक्ता जोशी भन्छन्, 'जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको र हराएको हतियार फेला परेको हो । हतियार कसले लुट्यो ? कसले त्यहाँ लुकायो ? अनुसन्धान भइरहेको छ ।' 

काठमाडौं : एमालेको ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालय परिसर  पेस्तोल फेला परेको छ।

मंगलबार दिउँसो एमालेका पार्टी कार्यालय सरसफाई गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल फेला परेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार  पेस्तोल खिया लागेको र काम नलाग्ने अवस्थामा रहेको उनले बताए । प्रवक्ता जोशी भन्छन्, ‘जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको र हराएको हतियार फेला परेको हो । हतियार कसले लुट्यो ? कसले त्यहाँ लुकायो ? अनुसन्धान भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *