केपी ओलीलाई बयानका लागि पत्र काट्ने तयारीमा जाँचबुझ आयोग

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले 'भोलिको कुरा भोलि नै हुने' बताए।

काठमाडौं : भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताए।

आयोगले बोलाउँदा ओली उपस्थित नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले ‘भोलिको कुरा भोलि नै हुने’ बताए। पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिए। कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *