जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना भएको हो


२७ मंसिर, काठमाडौं । बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले ग३च ९४४५ नम्बरको जिप बुधबार राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोका रहेका छन् ।

घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *