तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी

काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

२२ पुस, काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

आगलागीपछि धुवाँको मुस्लो ठूलो फैलिएको छ । अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतले दमकलको सहायताबाट आगलागी नियन्त्रणको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *