गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि सानेपामा बस्ने

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि सानेपामा बस्ने भएको छ।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्य समिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाएको पार्टी कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि केन्द्रीय कार्यसमिति  र संसदीय बोर्डका बैठकहरू पार्टी प्यालेस तथा होटलमा बसेका थिए।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *