नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो


२७ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३।४२ अंक घटेको छ ।

आज ६ अर्बमाथिको कारोबार भएको छ। बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो।

बजार घट्दा कारोबार रकम बढेको छ ।

४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।

यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो।

उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।

त्रिशुली जलविद्युत्को मूल्य ८.५ प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ७.५, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६, भूगोल इनर्जीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।

जानाकी फाइनान्सको १०, इङवा हाइड्रोपावरको ६.४, इमर्जीङ नेपालको ६.२ तथा जोशी हाइड्रोपावरको मूल्य ५.४ प्रतिशत घट्यो । कारोबार रमका आधारमा जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र युनाइटेड इदी मर्दी क्रमशः अगाडि रहे ।

दुई समूहको उपसूचक बढ्दा अन्यको घट्यो। मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *