काठमाडौंलाई हराउँदै जनकपुर प्लेअफमा
कप्तान अनिल साहले ११ रन बनाए
२७ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो।
टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो।
जनकपुरका लागि जेम्स निशामले सर्वाधिक २७ रन बनाए। उनले १७ बलमा १ चौका र ३ छक्का हाने। पावरप्लेमा दुई ओपनरलाई गुमाउँदै २४ रन बनाएको छ।
कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।
यस खेलमा अजनकपुरका कप्तान अनिल शाहले कीर्तिमानी ५ क्याच लिए । उनले नपालको फ्रेन्चाइज लिगमा एकै खेलमा ५ क्याच गर्ने कीर्तिमान बनाए ।