युएईमा रहेका आफ्ना सैन्य अड्डा जोगाउन फ्रान्सले गर्‍यो ‘राफेल’ तैनाथ

उनका अनुसार यी लडाकु विमानहरूले यूएईमा रहेका फ्रान्सेली आधार शिविरहरूमा 'हवाई क्षेत्र सुरक्षा अपरेशन' सञ्चालन गरेका छन्।

युएई : फ्रान्सले संयुक्त अरब इमिरेट्स युएईमा रहेका आफ्ना सैन्य अड्डाहरूको सुरक्षाका लागि राफाल फाइटर जेटहरू परिचालन गरेको छ।बिएफएम टिभीसँग कुरा गर्दै फ्रान्सेली विदेशमन्त्री जीन-नोएल बारोटले मंगलबार यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार यी लडाकु विमानहरूले यूएईमा रहेका फ्रान्सेली आधार शिविरहरूमा ‘हवाई क्षेत्र सुरक्षा अपरेशन’ सञ्चालन गरेका छन्। यद्यपि, ती विमानहरूले कुनै ड्रोन वा मिसाइल खसाल्ने कार्यमा संलग्न भए या भएनन् भन्नेबारे मन्त्रीले विस्तृत जानकारी दिएनन्।

इरानमाथि भएको अमेरिका-इजरायल आक्रमणको फ्रान्सले कडा आलोचना गर्दै आएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले यो अपरेसन ‘अन्तर्राष्ट्रिय कानुनको परिधि बाहिर’ रहेको र यसलाई फ्रान्सले अनुमोदन गर्न नसक्ने बताए।

मध्यपूर्वमा बढ्दै गएको तनाव र फैलिँदो द्वन्द्वका बीच फ्रान्सले भूमध्यसागरमा आफ्नो आणविक शक्तिबाट चल्ने विमानवाहक जहाज ‘चार्ल्स डी गल’ (Charles de Gaulle) र सहयोगी युद्धपोतहरू (frigates) समेत तैनाथ गरेर आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *