उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो-माओवादी केन्द्रको निष्कर्ष

उनले त्यस्तै सत्तातिर नभई जनतातिर फर्कनुपर्छ भन्ने जनताको सन्देश प्राप्त भएको बताए


२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको परिणामले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको छ ।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले उपनिर्वाचनमा उत्साहपूर्ण नजिता आएको र अहिलेको नजिताले दुई दलीय व्यवस्थालाई खण्डित गरेको निष्कर्ष निकालेको जानकारी दिए।

उनले त्यस्तै सत्तातिर नभई जनतातिर फर्कनुपर्छ भन्ने जनताको सन्देश प्राप्त भएको बताए ।

सापकोटाको चुनावी नतिजाले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका विषयमा सरकारकाप्रति जनताले निराशा प्रकट गरेको पार्टीको ठहर रहेको भनाइ छ ।

उनले त्यस्तै बैठकले केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी मिति तय गरेको छ । यसअघि पुस २ गतेदेखि सुरू हुने भनिएको बैठक खबरदारी सभा र पालीका सम्मेलन मंसिर मसान्तभित्र सम्पन्न हुन नसकेकाले केन्द्रीय समिति बैठक पुस २१ गतेदेखि बस्नेगरी तय भएको बताए।

प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समितिको तयारीका लागि स्थायी कमिटी बैठक पुष १८, १९ र २० गते बस्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *