पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा शर्माको अग्रता कायमै

६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन्


२९ मंसिर, काठमाडौं । शुक्रबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ६ वटा प्रदेशको मतपरिणाम आएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी हुन् ।

उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ ।

सार्वजनिक परिणाम अनुसार शर्माले ३ हजार ९२ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार २७४ मत प्राप्त गरेका छन् । यद्यपि, केन्द्रीय निर्वाचन समितिले मत परिणाम एकैपटक दिने भनेको छ । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले आठ सय बढी मतले अग्रता कायम राखेकी छन् ।

निर्वाचन समितिका अनुसार कर्णाली, सुदूरपश्चिम, मधेश र एशोसिएट प्रदेशको केन्द्रीय पदाधिकारीका लागि खसेको मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *