काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो


१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्ने पूर्व प्रमुख पिएल सिंहको आज बिहान निधन भएपछि महानगरले शोक बिदा दिएको जनाएको छ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो ।

‘पूर्व प्रमुख पिएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। जारी सूचनामा भनिएको छ,‘ प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

८८ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *