जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए
१ पुस, काठमाडौं । आज बिहान जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।
महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए ।
उनले भने ‘त्यसबारे मलाई जानकारी नै थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’।