मन्त्री लेखकले सरकार ढल्ने हल्ला मात्रै भएको बताए

मन्त्री लेखकले सरकार बन्नेवित्तकै सरकार ढल्छ र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला मात्रै भएको बताए


२ पुस, काठमाडौं । मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन्।

गृहमन्त्री लेखकले भने लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ । संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी हुन्छ।

गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशको विशेष महत्त्व रहेको उनको भनाइ छ । उनले भने  हाम्रो धार्मिक, सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाउँ हो  । गोष्ठीहरू औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुपर्ने बताए।

साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताए ।

गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै सीमानामा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिए । सीमापार अपराधको नियन्त्रण हुनुपर्यो । उनले भने  यो परिणाम देखिने गरि काम हुनुपर्छ  लागुऔषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नुहोला ।

कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताए।

मन्त्री लेखकले सरकार बन्नेवित्तकै सरकार ढल्छ र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला मात्रै भएको बताए। उनले दावी गर्दै भने यो समीकरण ८४ सालसम्मै जान्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *