रोयल बुलेट चढेर चोर्न हिँड्ने रसाइलीविरुद्ध १९ वटा मुद्दा, कारागार चलान
र धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ
पुस, काठमाडौं। चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् ।
बिहीबारको ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको इजलासले रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ ।
उनीसँगै चोरीकै कसुरमा पक्राउ परेका डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल भने धरौटी बुझाएर रिहा भएका छन् । उनीविरुद्ध न्यायाधीश योङ्याको इजलासले ३ लाख धरौटी माग गरेको थियो ।
ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।
ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले श्रृंखलाबद्ध रुपमा ललितपुरका विभिन्न स्थानहरूमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।
रसाइली १३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् ।
ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आएको थियो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुलेको थियो ।
सीसीटीभी फुटेजमार्फत अनुसन्धान अघि बढाएको प्रहरीले दुई चोरीमा एउटै नम्बर प्लेटको बुलेट मोटरसाइकल प्रयोग भएको पत्ता लगाएको थियो । त्यसपछि रसाइली पक्राउ परेका थिए । उनी बा ५७ प ९७६० नम्बरको बुलेट मोटरसाइकल चढेर चोर्न हिँडेको खुलेको थियो ।