सुदूरपश्चिम र कर्णालीमा सोमबार रातिदेखि हल्का वर्षाको सम्भावना

यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि हुने भएको छ


पुष ७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *