बानेश्वर क्यामपसमा अतिरिक्त कृयाकलाप सप्ताह सुरु

कार्यक्रम पौष १६ गतेसम्म सञ्चालन हुनेछ


१२ पुस, काठमाडौं । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ ।

विद्यार्थीको सर्वांगीण विकासमा टेवा पुर्याउन उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा.घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ ।

डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ ।यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना राई, सुवना खड्का, जानकी कठायतको समूह दोश्रोे भएको छ ।

सोही प्रतियोगिताको छात्रर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ ।

त्यसैगरी मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह द्वितीय भएको छ । लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राई क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोश्रो र सुजल सुनुवार तेस्रो भएका छन् ।

म्युजिकल चेयर प्रतियोगिताको छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिला, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ टेक बहादुर थापा मगर पहिलो , सुदीप श्रेष्ठ दोश्रो र सन्तोष कार्की तेश्रो भएका छन् । कार्यक्रम पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *