२६०९ अंकमा झर्‍यो सेयर बजार

कारोबार भइरहँदा बजार पौने १ बजे बजार २६४० अंकसम्म पुगे पनि अडिन सकेन


१४ पुस, काठमाडौं । आज आइतबार सेयर बजार २१.१२ अंक घटेको छ ।

नेप्से परिसूचक २६०९ मा कायम भएको छ । कारोबार भइरहँदा बजार पौने १ बजे बजार २६४० अंकसम्म पुगे पनि अडिन सकेन । पौने १ बजेपछि बजारमा बिक्री चाप बढ्दा परिसूचक घट्न पुग्यो ।

कारोबार रकम सामान्य बढेको छ । गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकामा आज ५ अर्ब ४७ करोडको भयो । ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने २ को स्थिर रह्यो ।

माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै अन्य समूह ०.२९ प्रतिशत बढ्यो । फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे ।

महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मानुषी लघुवित्तको ६.०९, सिर्जनशील लघुवित्तको ५.८९ तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ५.७ प्रतिशत बढ्यो ।

५ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ८.७, ग्रीन डेभलपमेन्टको ८.३ तथा बेस्ट फाइनान्सको मूल्य ७.१ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनएलजी इन्स्योरेन्स तथा रिभर फल्स पावर क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *