नेप्से परिसूचक सामान्य अंकले बढ्यो

अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो


१७ पुस, काठमाडौं । आज बुधबार सेयर बजार ५.१० अंक बढेको छ । बुधबार नेप्से परिसूचक ५.१० अंकले बढेर २५८१  विन्दुमा अडिएको छ। बजारको अंक बढे पनि कारोबार रकम घटेको छ ।

अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।

कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो ।

बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो ।

फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *