माधवजी र म एक हुने भयौं, भीम रावलको थाहा छैन -वामदेव गौतम

उनले छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ भने


१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।

एकीकृत समाजवादीको पार्टी कार्यालयमा बुधबार भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीको भीम रावलजी के गर्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’

पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेताहरूका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ । उनले छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ भने।

उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने ।

समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन्, ‘हामीले एकताको घोषणा निर्णय भएपछि भन्छौं । अब धेरै समय लाग्दैन होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *