पत्रकार पुडासैनीको मृत्यु
उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो
२० पुस, काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
काठमाडौंको सरस्वतीनगरस्थित निवासमा राति करिब ११ बजे अकस्मात् ढलेका उनलाई उपचारका लागि चाबहिलस्थि हेल्पिङह्याण्ड अस्पताल लगिएको थियो ।
पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युको खास कारण थाहा भइसकेको छैन ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का ३३ वर्षीय पुडासैनी नेपाल भ्यूज अनलाइनमा उपसम्पादककारुपमा कार्यरत थिए ।